• Breaking News

    8.18.2015

    भारतको सर्वोच्च अदालतलाई बमले उडाइदिने धम्की !

    एजेन्सी, १ भदौं–भारतको सर्वोच्च अदालतलाई एक धम्कीयुक्त इमेल आएको छ जसमा अदालतलाई बमले उडाउने धम्की दिइएको छ । धम्कीपछि अहिले अदालतको सुरक्षा वयवस्था कडा गरिएको छ ।
    यसभन्दा पहिले यसै महिनाको सुरुवातमा सन् १९९३ का मुम्बइ विस्फोटका दोषी याकुव मेमनको फाँसी रोक्न इनकार गर्ने न्यायाधीश दीपक मिश्रलाई पनि अज्ञात समूहले धम्कीयुक्त पक्र पठाएको थियो । यो पत्र न्यायाधीशको घरको पछाडि छाडिएको थियो ।
    कसैले बारभन्दा बाहिरबाट पत्र फालेको अनुमान गरिएको छ जुन सिसिटिभीभन्दा बाहिरको एरिया पर्दछ । यस चिठीको छोटो सन्देशमा लेखिएको छ कि ‘जतिसुकै कडा सुरक्षाका बीचमा पनि हामी तिमीलाई मारिदिन्छौं ।’
    न्यायाधीश दीपक मिश्रलाई धम्कीयुक्त चिठमिाथि प्रधान न्यायाधीश एचएल दत्तुले भनेका छन् कि सर्वोच्च अदालले यस मामिलालाई हल गर्नेगरी आवश्यक कदम ठाएको छ । उनले भनेका छन्, ‘हाम्रो काम भनेको निडर भएर फैसला गर्नु हो, हामी आफ्नो काम गर्दै जान्छौं ।’

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र