भारत । कुनै समय राधे माताकी भक्त रहेकी डली बिन्द्राले पछिल्लो समय राधे माताकै विषयमा नयाँ नयाँ खुलासा गरिरहेकी छिन् । रियालिटी शो बिग बोशकी प्रतिस्पर्धी समेत रहेकी बिन्द्राले राधे माताको दरवारमा बलिउडका गीतसँगै सेक्स पार्टी हुने गरेको खुलासा गरेकी छिन् ।
पछिल्लो समयमा नयाँ विवादमा फस्दै आएकी राधे माताका विरुद्ध उनले यस्तो गम्भिर आरोप लगाएकी हुन् । मुम्बई पुलिसका सामु उनले लिखित रिपोर्ट पेश गर्दै राधे माताले उनलाई सत्सँगको दौरान यौन तथा अश्लिल गतिविधिमा सामेल हुन दवाव दिएको बताएकी छिन् ।
रिपोर्टका अनुसार उनले त्यहाँ हुने गतिविधि शव्दमा बताउन नसकिने समेत बताएकी छिन् । डलीले उनकै सामुन्ने राधे माताका छोराले बुहारीलाई यौन शोषण गरेको समेत बताएकी छिन् । डलीको रिपोर्ट अनुसार राधे माताका नजिक मानिने टल्ली बाबाका साथ पनि यौन शोषणको आरोप लगाएकी छिन् ।
उनले आफ्नो रिपोर्टमा दरवारमा बलिउडको आईटम गीत बज्ने गरेको खुलासा गरेकी छिन् । उनले राधे माताको आदेशमा राधे माताका अनुयायीहरुले कपडा खोलेर उनीसँग अश्लिल क्रियाकलाप गरेको पनि बताएकी छिन् ।
तर स्रोतका अनुसार डली एक बच्चाको आशमा राधे माताको ख्याती सुनेर त्यहाँ पुगेकी थिईन् । यसका लागि राधे माताले कुनै अनजान व्यक्तिसँग सम्बन्ध बनाउन दवाव गरेकी थिईन् । खबर अनुसार डलीका अलावा फिल्म क्बीनमा कंगना रानावतकी फेशन डिजाईन गरेकी कपिल अरोराले राधे माताले सत्सँगमा सेक्स पार्टी गरेको आरोप लगाएका छन् । पहिले डली राधे माताको तर्फबाट ज्यान मार्ने धम्कीको विरुद्धमा पुलिस कहाँ रिपोर्ट गर्न पुगकी थिईन् ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment