• Breaking News

    8.19.2015

    चीनमा विष्फोट कसले गरायो ?

    २ भदौ, एजेन्सी।

    गएको हप्ता १०० जना भन्दा बढीको ज्यान जाने गरि चीनको टियानजिनमा भएको भयानक विस्फोट कसरी भयो अनुसन्धानकै विषय रहेको छ। कतै अमेरिकाले अन्तरिक्षबाट प्रहार गरेको त हैन? वा चीनका राष्ट्रपति सि जीनपिङको हत्या गर्ने अमेरिकी चाल त हैन?

    यी त केवल इन्टरनेटमा बहसका विषय बनेका दुई विवादास्पद शंका मात्र हुन, डेलिमेल ले जनाएको छ।

    चीनको टियानजिन स्थित उत्तिर बंदरगाहमा भएको यो विस्फोटले करिब १.५ मिलियन डलरको क्षति गरेको आकंलन गरिएको छ। घटना के कारणले भयो अहिलेसम्म खुलस्त पारिएको छैन।


    विस्फोट भएको केही किलोमिटर मात्र पर चीनको सेनाले अन्तरिक्षमा खोजको लागि प्रयोग गर्दै आएको शक्तिशाली कम्प्युटरहरु (सुपरकम्प्युटर) अवस्थित छन्। यो क्षेत्रलाई निशाना बनाइएको हुनसक्ने चर्चा पनि चलेको छ।

    अमेरिकाको अन्तरिक्ष हतियार

    ‘न्याचुरल न्युज’ वेवसाइट जसले आफ्नो लाखौ पाठक रहेको दाबी गर्छ साथै अमेरिकाको सत्य समाचार प्रकाशित गर्ने गरेको बताउँछ, भन्छ, ‘चीन र अमेरिका युद्धमा छन्, चीनमा भएको सो विस्फोट ‘पेन्टागन स्पेस विपन’ले गराएको हो।’


    रड अफ गड भनिने हतियार
    यो वेबसाइटको अनुसार, ‘अमेरिकाले एक गोप्य अन्तरिक्षबाट प्रहार गर्न मिल्ने ‘रड अफ गड’ नामक हतियार पृथ्वीको कक्षबाट खसालेको थियो। यो हतियार विश्वको कुनै पनि जमिनमा खसाल्न मिल्ने भनिएको छ।

    हत्याको योजना

    चीनका विभिन्न वेबसाइटमा यो हमला आफ्ना राष्ट्रपतिलाई लक्षित गरि गरिएको थियो भन्ने चर्चा चुलिदै छ। सि जिनपिङ आफ्ना अधिकारीहरुसंग गोप्य भेलापछि सोही क्षेत्र हुदै जाने कार्यक्रम थियो भनि बताइएको छ।


    एनटीडीटिभी डटकम लेख्छ, ‘वास्तविक योजना केही बेर पर्खने थियो, बेइदाइहीमा भएको चिनियाँ कम्युनिस्टको मिटिङ सकिएर उच्च पदस्थ अधिकारीहरु फर्कने बेला टियानजिन र हाइबेइ बिचको रेलमार्गमा विस्फोट गराइने तय गरिएको थियो।’

    अन्तिम समयमा चिनियाँ अधिकारीहरुले सो क्षेत्र भएर फर्कने योजना परिवर्तन गरेका थिए तर लक्ष्य साँध्नेले प्रमाण मेटाउन सो गोदाममा बम खसालेको बताइन्छ। यदि यो कसैलाई मार्ने योजना थियो भने राष्ट्रपति नै प्रमुख लक्ष्य हुनुपर्ने बताइन्छ।

    सुपरकम्प्युटर
    यो विस्फोट पश्चात चिनियाँ सुपरकम्प्युटर ‘टियानही -१ए’ बन्द भएको सिन्हुवा समाचार एजेन्सीले बिन्हाइ स्थिन ‘नेशलन सुपरकम्प्युटीङ सेन्टर’का अधिकारीहरुलाई उध्रित गर्दै बताएको छ।

    कम्प्युटर चलिरहेको थियो तर विस्फोटले घरलाई क्षति पुर्याएपछि सुरक्षाको कारण सो कम्प्युटर बन्द गरिएको सिन्हुवाले जनाएको छ।

    सो विस्फोटन यो महत्वपुर्ण कम्प्युटरलाई लक्षित गरि गरिएको हुनसक्ने पनि बताइन्छ।

    केही भने यो घटनाको पछाडी रसियाको हात हुनसक्ने पनि बताउँछन्।

    यो घटनामा अहिले सम्म ११४ मानिसको मृत्यु भइसकेको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। ७० जना अझै हराइरहेको बताइन्छ। करिब ७०० टन विषालु सोडियम साइनाड सो क्षेत्रमा फैलिएको छ। साथै भारी बर्षा भएकाले सडक भरी सेतो फिजँ देखिएको छ। पानीले गर्दा सोडियम साइनाड अझै फैलनेमा चिनियाँ अधिकारीहरु चिन्तित छन्।

    उता चीनमा भने सत्यकुरा बाहिर नआओस भन्नैको लागि स्थानिय प्रहरीले पत्रकार र ब्लगरहरुको खोजी गर्दै गरेको बताइएको छ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र