• Breaking News

    8.23.2015

    बाबुरामले भने.., ‘नत्र अनिष्ट होला’


     ७ भदौ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुारम भट्टराईले शीर्ष नेताहरुकै कारण मुलुकमा अनिष्ट निम्तिन सक्ने बताएका छन् ।
    नेता डा. भट्टाराईले ट्वीटमार्फत शीर्ष नेताहरुले सीमांकनको बारेमा राखेको अडानले अहिलेसम्मका उपलब्धी गुम्न सक्ने औंल्याएका हुन् ।
    सीमांकनका विषयमा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले पछिल्लो समय राख्दै आएको अडानलाई संकेत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
    ट्वीट गर्दै डा. भट्टराईले ती नेतालाई ‘शेर’को उपनाम दिएर लेखेका छन्, ‘हाम्रा पूर्वरपश्चिमका शेरहरु अलि लचिलो बनेर थारु, मधेसी, जनजाति, महिला, दलितलाई साथ लिदैं छिटो संविधान जारी गर्नु बेश होला, नत्र अनिष्ट होला !’

    यसैबीच उनले फेसबुक पेजमा अग्रगामी शक्तिलाई एकजुट हुन अपील गरेका छन् । नेता भट्टराईले तत्काल संविधान जारी गर्न अग्रगामी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
    उनले लेखेका छन्, ‘छिटो संविधान, राम्रो संविधान बनाउन सबै अग्रगामी शक्ति एक होऔं ।’
    सबैलाई सन्तुष्ट पार्न नसके पनि धेरैलाई सन्तुष्ट पारौं भन्दै उनले लेखेका छन्, ‘संविधानसभा भित्रैबाट समाधान खोजौं, सबै पक्षसँग वार्ता र संवाद गरौं ।’
    ७ प्रदेशको संघीयताभित्रै सीमांकनमा हेरफेर गरी समाधान खोज्न सकिने उनको भनाई छ । यस क्रममा प्रदेश १ को मधेसी र थारु बाहुल्य क्षेत्रलाई प्रदेश २ मा राख्ने, प्रदेश ५ को मगर बाहुल्य क्षेत्रलाई प्रदेश ४ मा राख्ने, प्रदेश ७ को थारु बाहुल्य क्षेत्रलाई प्रदेश ५ मा राख्न सकिने उनको सुझाव छ ।
    त्यस्तै नागरिकताका सवालमा पुरुषको विदेशी दम्पत्तीलाई झैं महिलाको विदेशी दम्पत्तीलाई पनि अंगीकृत नागरिकता र एकल महिलाका सन्तानलाई सहज नागरिकता दिने व्यवस्था गर्न उनले सुझाव दिएका छन् ।
    महिला र दलितलाई निश्चित प्रतिशत प्रत्यक्ष निर्वाचन क्षेत्र छुट्याउने, देशमा परिवर्तनको वास्तविक अनुभुति गराउन र राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने, नेपाली समाजको बहुधार्मिक चरित्र र लामो धार्मिक सहिष्णुताको परम्परा कायम गर्दै राज्यलाई धर्मनिरपेक्ष राख्नुपर्ने उनको प्रस्ताव छ ।
    उनले व्यवस्थापिका संसदमा प्रस्तुत परिमार्जित विधेयकलाई दलहरुको सहमतिमा संशोधन गरी थप परिमार्जन र परिवर्तन गर्ने अझै ठाउँ र समय बाँकी रहेको प्रष्ट पारेका छन् ।
    उनले भने, ‘त्यसैले हिजोका हामी सबै आन्दोलनकारी सहकर्मीहरुले आपसमा फुटेर हैन जुटेर संवादरसहमतिद्वारा देशलाई छिटो निकास दिऊँ ।’
    अँध्यारो कुनामा बसेर संविधान बन्न नदिने र देशलाई अस्थिरताको भुमरीमा फसाइ राख्ने षड्यन्त्र गर्नेहरुलाई परास्त गर्न पनि उनले आम जनतासँग अपील गरेका छन् ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    1. this is a baad man throw him out from Nepal and clean political of nepal

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र