• Breaking News

    8.19.2015

    हिन्दु राष्ट्र माग्ने राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीको गोली

    काठमाडौं, भदौ २– देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै गरिएको प्रदर्शनका क्रममा राप्रपा नेपाल समानान्तरका कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी घाइते भएका छन् ।rppn
    जनता र राष्ट्रको हित मध्यनजर राखेर भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर पासी घाइते भएको राप्रपा नेपाल समानान्तर पार्टीले जनाएको छ । खुट्टामा गोली लागी घाइते भएका उनको स्थानीय पृथ्वीबीर अस्पतालमा उपचार भइरहेको छ ।
    समानान्तर पार्टीले एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्दै जनताको पक्षमा आवाज बुलन्द गरिरहेकै बेला सरकारी दमन भएको भन्दै विरोध जनाएको छ ।
    घाइते पासीको उपचारमा सरकार र स्थानीय प्रशासनले पूर्ण जिम्मेवारी बहन गर्नुपर्नेसमेत प्रवक्ता सगुन लावतीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र