• Breaking News

    8.20.2015

    घैटेको सुनियोजित हत्या भएकाे काँग्रेस नेता अर्जुननरसिंह केसीकाे भनाई

    काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले ‘गुण्डा नाइके’ कुमार घैंटे मारिएकोमा आक्रोश व्यक्त गरेका छन् ।
    केसीको राजनीतिक गतिविधिमा सहयोग गर्दै आएका घैटे मारिएपछि प्रतिक्रिया दिँदै केसीले घैंटमाथि इन्काउन्टर नभएर सुनियोजित हत्या भएको टिप्पणी गरेका हुन् ।
    काँग्रेस कार्यकर्ता समेत रहेको घैंटेमाथि गोली प्रहार भएपछि केसीसहितका केही काँग्रेस नेता महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए ।
    मान्छे मार्न नपाइने भन्दै केसीले घैटेको हत्या गरेर प्रहरीले कानुनको धज्जी उडाएको आरोप लगाएका छन् ।
    प्रहरी कारबाहीमा गम्भीर घाइते भएका घैटेलाई शिक्षण अस्पताल लगिएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
    उनी अवैध चन्दा असुली गर्ने, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका थिए । एक वर्षअघि पनि प्रहरी इन्काउन्टरमा अर्का गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएका थिए ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र