• Breaking News

    8.18.2015

    शीर्ष नेताले बामदेवलाई सिंहदरबार बोलाएर भने, ‘जथाभावी गोली हान्ने होइन’

    काठमाण्डु, १ भदौ– प्रमुख दलका शीर्ष नेताले संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै आन्दोलित विभिन्न क्षेत्र र समूहका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकमा शीर्ष नेताले  आन्दोलन मत्थर पार्ने नाममा अनावश्यक दमन नगर्न सरकारलाई सचेत गराएको हो ।
    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी वरिष्ठ नेता एवं संवाद समिति सभापति बाबुराम भट्टराईले बैठकमा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर जनतामाथि अनावयश्क बल प्रयोग नगर्न आग्रह गरिएको बताए ।
    ‘गृहमन्त्रीलाई बैठकमै बोलाएर सिमांकनको विषयमा असन्तुष्टि जनाइरहेका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न भनेका छौं’, भट्टराईले भने, ‘राजनीतिक समस्याको समाधान बलप्रयोगबाट होइन, राजनीतिक तरिकाबाटै गर्नुपर्छ ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र