• Breaking News

    8.19.2015

    कैलालीमा आफ्नी श्रीमतीलाई होटलमै परपुरुषको काखमा भेटेपछि…

    धनगढी, २ भदौ । प्रेममा मान्छे अन्धो हुन्छ भन्ने भनाई छ । तर, कैलालीको धनगढी यो भनाई भनाईमा मात्र सिमित रहेन्, यथार्थमा परिणत भएको छ ।
    धनगढीकी एक विवाहित महिला परपुरुषको प्रेममा यसरी पागल भइन् की घरमा पतिलाई ढाटेर प्रेमी भेट्न होटलसम्म पुगिन् । तर, मंगलबार प्रेमीको काखमा बसेको अवस्थामा उनी रंगेहात भेटिएपछि यो घटनाको रहस्य बाहिर आएको हो ।
    धनगढीको होटल क्रिस्टलको कोठा नम्बर १०४ बाट परपुरुषसँग शारीरिक सम्पर्क राख्न तयारी गरिरहेको अवस्थामा काखबाट ती महिला रंगेहात समातिएकी हुन् ।
    धनगढी नगरपालिका–७ का २७ वर्षीय कृष्ण थापाले आफ्नी श्रीमती २५ वर्षीय भगवती भण्डारीलाई रंगेहात होटलबाट समातेका हुन् । भगवती भरत कुँवर नामका पुरुषको काखबाट समातिएकी हुन् ।
    होटलमा बस्दा दुबै जनाले ठेगाना अछाम र आफूहरु श्रीमान श्रीमती भएको परिचय दिएका थिए । पीडित थापाले आफ्नी श्रीमती वेश्यावृतिमा लागेको भन्दै कारवाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
    प्रहरी उजुरीमा उनले आफ्नी श्रीमतीमाथि आरोप लगाउँदै बेला बेला घर छाडेर जाने गरेको, घरमै पनि परपुरुष बोलाएर दाजूभाई भन्दै रातभरी घरमा राख्दै आएको बताएका छन् । प्रहरीले घटनामा अनुसन्धान थालेको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र