• Breaking News

    8.20.2015

    राष्ट्रपतिले सार्वजनिक रूपमै मार्न आदेश दिएपछि पत्रकारको हत्या

    जुबा : दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको एकदिन  पछि दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको छ ।


    उनले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीहरूले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।

    पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा र कुनैपनि सामान नलगेका जनाएका छन् ।
    राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।

    जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ ।
    नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् । उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र