• Breaking News

    8.17.2015

    आलोचना थेग्न नसकेपछि पारसकी प्रेमिकाले हिमानीको तस्बिर हटाइन्

    काठमाडौं, १ भदौ । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइसार्नले पूर्वयुवराज्ञी हिमानी शाहको आपत्तिजनक तस्बिर फेसबुकमा राखेपछि चौतर्फी आलोचना भएपछि हिमानीको तस्बिर हटाएकी छिन् ।
    कन्निकाले आफ्नो फेसबुकमा हिमानीको अपमानजनक तस्बिर सोमबार पोष्ट गरेपछि नेपालीहरूले फेसबुकमार्फत आलोचना गरेका थिए । हिमानीले नाभीमा रिङ लगाएको पुरानो फोटोलाई कन्निकाले फेसबुकमा दुरुपयोग गरेकी थिइन् ।
    हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक रहेका थिए । कन्निकाले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति आक्रोशसमेत पोखेकी थिइन् ।
    कन्निकाको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका थिए । कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास पनि गरेकी थिइन् ।
    ‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले लेखेकी थिइन् । यो पोष्ट पनि कन्निकाले हटाएकी छिन् ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र