• Breaking News

    8.18.2015

    यसकारण ‘जड्याँहा’ बन्छन् पुरुष !

    काठमाडौं,२ भदौ  । ‘मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ, पिउँदिन–पिउँदिन भन्दै पिएँ, आजभोलि…’ स्वरस्रमाट नारायण गोपालले गाएको यस गीत सदैव नेपालीका मन–मतिष्कमा बसेको छ । भनिन्छ, (रक्सी) पिउनका लागि कुनै विशेष बहाना चाहिँदैन । नेपाली समाजमा भनिदैं आइएकै छ–‘पानी पर्दा मौसमले च्यालेन्ज गर्छ र नेपालीले पिउने बहाना भेट्छन्, चर्को घाम लाग्छ र मानिसहरु थाक्छन् अनि पिएर सन्तुष्ट हुन्छन् । शुक्रबार सप्ताहन्त भनेर पिउँछन्, शनिबार सार्वजनिक छुट्टी भनेर पिउँछन्, …. । जसरी होस् पियक्कडहरु पिउने बहाना भेट्छन् ।’

    तर, केही समयअघि गरिएको एक शोधले भने रक्सी पिउने बहाना र कारण केही फरक भएको देखाएको छ । हालैमा ‘लाइभ साइन्स’मा प्रकाशित एक शोधमा पाइयो कि पुरुष र महिलामा रक्सीको अलग–अलग प्रभाव पर्छ र रक्सीतर्फ आकर्षित हुने कारण पनि फरक–फरक नै हुन सक्छ ।

    शोधकर्ताका अनुसर पुरुषहरु कुनै दुःख या खुशीको कारण नभई आफ्नो अन्र्तमनको रिस निकाल्न दिनहुँ रक्सी सेवन गर्ने गर्छन् ।

    अमेरिकास्थित ‘युनिर्भसिटी अफ वेरमोन्ट’का शोधकर्ताका अनुसार आफूभित्र लुकेको आक्रोशका कारण जो पुरुष रक्सी सेवन गर्छन्, ती पुरुषले अघिल्लो दिन पनि पिउने सम्भावना अधिक हुन्छ । शोधकर्तामध्येका एक वेलेरी एस हार्डरका अनुसार–‘मानिसहरु आफ्नो मुड राम्रो बनाउन पटक–पटक रक्सी सेवन गर्ने गरेको बताउँछन् । तर, दिनहुँ रक्सी सेवन गर्नेहरु खुशी हुनुको सट्टा दुखी बढी हुन्छन् । पुरुषहरु अधिकांश आफ्नो मनमा लुकेको रिसलाई भुल्नका लागि रक्सीको सहारा लिन्छन् ।’

    शोधमा पाइयो कि पुरुष र महिला दुबै नै रक्सी सेवनपछि अधिक दुखी महशुस गर्छन् । अझ पुरुषका तुलनामा रक्सी पिएपछि महिलाले अधिक दुखी महशुस गर्छन् । उक्त शोधका क्रममा २१ देखि ८२ वर्ष उमेरसम्मका २ सय ४६ व्यक्तिहरुलाई ६ महिनासम्म परीक्षण गरिएको जनाइएको छ ।

    यस क्रममा व्यक्तिको रक्सीको लत, मुड, तनाब आदिका विषयमा अध्ययन गरिएको थियो । –एजेन्सीको सहयोगमा ।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र