• Breaking News

    8.31.2015

    सेक्स गर्दागर्दै युवतीको मृत्यु, युवक ‘कोमा’मा

    काठमाडौं,  । नाइजेरियाको अनाम्बरामा सेक्स गर्दागर्दै एक जोडीले ‘विपत्ती’को सामना गर्नु परेको छ । समाचारका अनुसार सेक्स गरिरहेकै अवस्थामा प्रेमिकाको मृत्यु भएको छ भने प्रेमी ‘कोमा’मा पुगेका छन् ।

    आफ्नो अपार्टमेन्टमा एकआपसमा सेक्समा लिप्त यो जोडी मध्ये युवतीको मृत्यु र युवक कोमामा पुगेको घटनाले स्थानीयहरु भने आश्चर्यमा परेका छन् ।

    स्थानीयहरुका अनुसार युवती पहिलेदेखि विवाहित थिईन् । युवतीका पतिले युवती र युवकको सम्बन्ध अन्त्य गर्न चेतावनी पनि दिएका थिए । तर, चेतावनीलाई बेवास्ता गर्दै उनीहरुले आफ्नो सम्बन्धलाई जारी राखे ।

    युवतीका पतिले आफ्नी श्रीमतीलाई परपुरुषसँग ‘सुतेको’ समेत देखेका थिए । घटना घटेको दिन पनि युवक–युवती आफ्नो अपार्टमेन्टमा नै थिए ।

    स्थानीयले कयौं पटक ढोका ढक्ढकाए पनि नखुलेपछि ढोका फोडेर उनीहरु भित्र छिरे । कोठामा युवक–युवती दुबै नांगो अवस्थामा भेटिए । त्यतिबेलासम्म दुई मध्ये युवतीको मृत्यु भइसकेको थियो भने युवक ‘कोमा’मा पुगेको अवस्थामा पाइएका थिए ।

    त्यसपछि युवकलाई अस्पतालमा भर्ना गरिएको छ भने प्रहरीले घटनाको विषयमा छानबिन गरिरहेको बताइएको छ । –एजेन्सीको सहयोगमा ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र