• Breaking News

    8.29.2015

    उपत्यकामा अाँखाको ज्योती गुम्नसक्ने डरलाग्दो राेग, कसरी बच्ने ?

    काठमाडाैं-आँखाको भित्री भागमा संक्रमण भई ज्योति समेत गुम्न सक्ने डरलाग्दो सापु (सिजनल इण्डोफाल्मिटिस) रोग यस पटक पनि देखा परेको छ ।

    राजधानीको तिलगंगा आँखा प्रतिष्ठानमा दुई साता यता ६ जनाभन्दा बढी सापु रोगका विरामीको उपचार भएको छ । त्यसमध्ये पाँचजना बालबालिका छन् ।
    प्रतिष्ठानकाअनुसार अघिल्ला वर्षहरुमा असोजदेखि देखिने यो रोग  यस पटक भने भदौं नलाग्दैं देखा परेको छ ।

    के हो सापु रोग नेत्र रोग ?
    विशेषज्ञ डा. अनु मानन्धरका भन्छिन्, 'यो आँखामा लाग्ने एक किसिमको रोग हो जसले अचानक आँखा रातो बनाउँछ । उज्यालो हेर्न गाह्रो हुन्छ, कालो भागका बीचमा सेतो देखिन्छ । छोटो अवधिमै आँखाको ज्योति कम हुन्छ । अन्ततः ज्योति गुम्ने अवस्था पनि आउन सक्छ । यो सँधै देखिने रोग होइन । कहिलेकाहीँ देखिने रोग हो, तर एकदमै खतरनाक हुन्छ । यो रोग लागेपछि आँखाका भित्री भागमा संक्रमण भई पिप भरिन्छ । समयमै अस्पताल पुगे आँखाको शल्यक्रिया गरेर उपचार गर्न सकिन्छ ।'

    कसरी पत्ता लगाउने ?
    एउटा आँखा अचानक रातो भएमा
    रातो भए पनि आँखामा चिप्रा नआए
    उज्यालोमा हेर्न गाह्रो भए
    आँखाको कालो भागका बीचमा सेतो देखिए
    छोटो समयमै आँखाको ज्योति कम हुँदै गए

    कसरी जोखिने ?
    सेतो पुतलीबाट बालबालिकालाई जोगाउने
    पखेटाबाट झर्ने धुलो आँखामा पर्न नदिने
    सिएफएल चिमको प्रयोग सकेसम्म कम गर्ने (सेतो प्रकाश दिने सिएफएलमा सेता पुतली बढी झुम्मिने भएकाले)
    झुल हालेर सुत्ने

    अाजको नयाँ पत्रिकामा समाचार छ ।
    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र