• Breaking News

    8.18.2015

    ‘राधे माँ’ लाई काली माँसँग तुलना गर्दा गायक सोनु निगमको पुत्ला दहनसँगै उजुरी दर्ता

    एजेन्सी, मुम्बई, भदौ १
    आफूलाई दुर्गाको अवतार बताउँदै आएकी राधे माँ पछिल्लो समय अश्लिलता फैलाएको र हिन्दु धर्ममाथि आँच पुर्‍याएका कारण विवादित छिन्। उनीमाथि प्रहरीमा उजुरीसमेत परिसकेको छ। तर, बलिउडका  ठूला हस्तीसमेत उनको समर्थनमा देखिएका छन्।
    त्यस्तै, शुक्रबार मात्र उनको समर्थनमा बलिउडका हस्ती गायक सोनु निगमले राधे माँलाई हिन्दु धर्मकी देवी काली मातासँग तुलना गरेपछि विवादमा तानिएका छन्। ट्विटरबाट उनले राधे माँको समर्थन गरेपछि मुम्बईको समतानगरस्थित प्रहरी कार्यलयमा उनीबीरुद्ध उजुरीसमेत दर्ता भएको छ।
    सोनुले ट्विटरमा लेखेका थिए,‘काली माँलाई त झन् राधे माँ भन्दा कम लुगामा चित्रण गरिएको छ। यो अचम्मको देश रैछ, जहाँ महिलाले लगाएको कपडाको आधारमा मुद्दा चल्छ।’
    उनले सोही दिन अर्को ट्विटमा पुरुष साधुहरु चाहीँ नांगै हिँड्न र नाच्न पाउने परम्पराको बिरोध गर्दै लैंगीक समानताको प्रश्न उठाएका थिए ।
    उक्त ट्विटपछि शालीमार बगैंचामा सोनुको पुत्ला जलाइएको थियो।  पुत्ला जलाउनेहरुले सोनुले हिन्दु देवीको तुलना राधे मासँग गरिदिँदा धार्मिक आस्थामा चोट पुगेको बताएका थिए। उनीविरुद्ध भारतीय कानुनको धाराअनुसार मुद्दा दर्ता भइसकेको छ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र