काठमाडौं, ३ भदौ
नेपाली कांग्रेसका नेता तथा सभासद अर्जुन नरसिंह केसी र जगदिश नरसिंह केसीले गृहमन्त्री बामदेव गौतमको ठाडो निर्देशनमा मान्छे मार्न थालिएको बताएका छन् । चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ घैटे मारिएको सन्दर्भमा केसीद्वयले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपाली कांग्रेसको संरक्षणमा आफ्नो गुण्डागर्दी गर्दै आएका कुमार घैटे भिडन्तमा मरेको दावी गरे पनि कांग्रेस नेताहरुले भने यो नियोजित हत्या भएको आरोप लगाएका छन् । यो हत्या गृहमन्त्री बामदेव गौतमकै ठाडो निर्देशनमा भएको आरोप समेत उनीहरुको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले घैटेलाई प्रहरीको मारेको भन्दै यस घटनाप्रति कडा आक्रोश पोखेका छन् । उनले घैटे सुध्रिएर राजनीतिक गतिविधिमा लागेपछि प्रहरीले मारेको भन्दै यो सरासरी राज्यको गुण्डागर्दी भएको बताए । उनले घैटेले आफ्नो राजनीतिक गतिविधिमा सहयोग गर्दै आएको पनि बताए । नेता केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्न छुट नभएको बताए ।
घैटेको हत्या लगत्तै घटनास्थल पुगेका कांग्रेस नेता तथा सभासद जगदिशनरसिंह केसीले गृहमन्त्रीमाथि यस्तो आरोप लगाए । उनले बामदेवको आदेश र प्रहरीलाई काम देखाउनलाई यो हत्या गरेको आरोप लगाए । साथै उनले यो प्रहरीको गण्डागर्दी भएको आरोप पनि लगाए । राज्यले यसरी इन्काउन्टरका नाममा सुनियोजित रुपमा मान्छे मार्नु कानुन विपरित भएको भन्दै उनले यसको छानविनको माग गरे । साथै उनले हत्या र इन्काउन्टर एकै प्रकारको कसूर भएको बताउँदै हत्यारालाई जे सजाय हुन्छ इन्काउन्टर गर्नेलाई पनि त्यही सजाय हुनुपर्ने माग गरे ।
प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत भएको दावी गर्दै सभासद केसीले घैटेलाई उनकै घरमा गएर गोली हानिएको दावी गरे । गोली लागेर ढलिसकेको मान्छेले गोली हानेको उनको दावी थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment