भदौ १३,
एजेन्सी । रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएको स्वीडिश ग्रीक अभिनेत्री एली अवरामले बलिउड अभिनेता सलमान खानसंग काम गर्ने तिव्र चाहना देखाएकी छन् । तर, उनले राम्रो फिल्मका लागि सम्पर्क गरे मात्रै काम गर्ने बताइन् ।
‘बिग बोस’को सातौं संस्करणमा एक हिस्सा बनेकी २५ वर्षीय एलीले प्रसिद्धि कमाइन् । शो कै क्रममा एलीलाई सलमानसंग अन्तर कुन्तर कुरा गर्ने अवसर जुरेको हो । सलमान रियालिटी शो का होस्ट थिए । सलमानले एलीसंगको लगाव लुकाएनन् ।
एलीले भनेकी छन्,– “म सलमानसंग फिल्म खेल्न चाहन्छु । म उनको प्रसंशक पनि हुँ ।” उनले आफुलाई सही समय आए त्यो इच्छा पुरा हुने यकिन भएको प्रतिक्रिया उनले दिएकी छन् । २०१३ मा ‘मिकी वाइरस’बाट उनले पर्दामा डेब्यु गरेकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment