• Breaking News

    8.19.2015

    नेताका घरमा कडा सुरक्षा ब्यवस्था, जोसिला प्रहरी अधिकृत राजधानी उतारियो

    काठमाडौं, २ भदौ । नयाँ संविधान जारि भएलगतै हिंसात्मक आन्दोलन हुन सक्ने संकेत पाएपछि राजधानीको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरीका भरपर्दा र जोसिला अधिकृतहरुलाई राजधानीमा केन्द्रीत गरिएको छ ।
    नयाँ संविधान जारी भएपछि संविधानसभा भवन आसपास, सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री निवास पुलचोकमा कडा सुरक्षा ब्यवस्था मिलाउने तयारी सरकारले गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार नेताका निजी निवासमा पनि सुरक्षा ब्यवस्था कडा पारिएको छ । शिर्ष नेताहरु चार नेताको घरमा सुरक्षा घेरा बढाइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाओवादी नेता बाबुराम भट्टराई र मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छदारको निवासमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
    १५ भदौमा संविधान जारि गर्न दलहरुले कसरत थालिरहेका बेला सडकमा भने आन्दोलनका चर्का स्वरहरु सुनिन थालेका छन् । सीमांकनसहित प्रदेशको संख्या निर्धारण गरेपछि देशका विभिन्न भागमा आन्दोलन चलिरहेको छ । आन्दोलनकै क्रममा चार जनाले ज्यान गुमाई सकेका छन् भने तीन दर्जनबढि घाइते भएका छन् ।
    सीमांकनका र हिन्दु राष्ट्रका विषयमा बढि प्रर्दशन हुने आशंका प्रहरीले गरेको छ । सुर्खेतलगाएत देशका विभिन्न भागमा चलेको आन्दोलन हिंसात्मक बन्न थालेपछि राजधानीको सुरक्षा ब्यवस्था कडा पारिएको हो ।  सुरक्षा सतर्कता अपनाउन देशका विभिन्न क्षेत्रमा कार्यरत जोसिला प्रहरी अधिकृतहरुलाई राजधानी केन्द्रीत गरिएको छ ।
    नेपाल प्रहरीभित्र जोसिला मानिने चितवन कार्यरत डीएसपी प्रजित केसीलाई सिहदरवारमा ल्याइएको छ भने, सन्तोष सिंह राठौरलाई नगर प्रहरीमा ल्याइएको छ । त्यसैगरी डीएपी सुरेन्द्र मैनालीलाई गौशाला र विनोद घिमिरेलाई जनसेवामा ल्याइएको छ । प्रहरीभित्र फुर्तिला र कडा स्वभावका अधिकृतलाई आन्दोलनको सामना गर्न राजधानीमा उतारिएको हो ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र