• Breaking News

    8.20.2015

    तीजमा तडकभडक गर्नेलाई कारबाही

    चितवन, ४ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला तडकभडक गरी भड्किलो कार्यक्रम गरिए कारबाही गर्ने भएको छ ।
    खर्चिलो, भड्किलो र तडकभडकले सामाजिक सद्भावमै असर पर्ने भएकाले यस्तो नगर्न चितवनवासीलाई आग्रह गरिएको जिप्रकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।
    अघिल्लो वर्षमा यस्ता गतिविधि देखिएको थियो । त्यसैले दुई वर्षदेखि प्रशासन सक्रिय भएपछि यस्ता गतिविधिमा कमी भएको पाइएको प्रशासनको निष्कर्ष छ ।
    सामाजिक व्यवहार सुधार ऐन र नियमावली २०३३ अन्तर्गत यस्ता गतिविधि देखिए कारबाही हुने प्रशासनले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
    सामाजिक संस्कार, परम्परा र मूल्यमान्यताअनुसार तीज मनाउनसमेत प्रशासनले सबैमा अपिल गरेको छ ।
    ‘सुसंस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी महिला सञ्चाल तथा जिल्लावासीमा सहयोगको अपेक्षा गरिन्छ’, सार्वजनिक सूचनामा भनिएको छ ।
    खर्चिलो कार्यक्रम गरेको पाइएमा कानुनअनुसार कारबाही हुने समेत सूचनामा उल्लेख छ ।
    यस वर्ष भदौ ३० गते हरितालिका तीज परेको छ । तीजको पूर्वसन्ध्यामा ठाउँठाउँमा तीजका कार्यक्रम सुरु भइसकेका छन् ।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र