• Breaking News

    8.16.2015

    ५४ यात्रु बोकेको जहाज आकाशमै हरायो

    जकार्ता, ३१ साउन । ५४ जना यात्रु बोकेको एक इन्डोनेसियाली विमान आकाशमै हराएको छ ।
    आन्तरिक उडानमा रहेको सो जहाज ग्रामीण पपुआ क्षेत्रमा हराएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्यसले जनाएको छ ।
    उद्धार एजेन्सीका प्रमुख बम्बाङ स्वेलस्टोले जहाजसँग सम्पर्क विच्छेद भएको कुरा रोयटर्ससँग बताएका छन् ।
    उद्धार एजेन्सीको आधिकारिक ट्विटर ह्यान्डलका अनुसार त्रिगाना एयर सर्भिसको सो जहाजमा ४४ बयस्क, पाँच चालक दल र पाँच बालबालिका थिए ।
    उद्धार एजेन्सीका प्रमुख बम्बाङ स्वेलस्टोका अनुसार सो जहाजको अहिले खोजी कार्य तिव्र बनाइएको छ ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र