जुम्ला, ३१ साउन । कर्णाली स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप हुन्दा गोली चलेको छ । प्रहरीको गाली लागि सात आन्दोलनकारी सक्त घाइते भएका छन् ।
आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । प्रहरी हस्तक्षेत्रपछि आक्रोसित जुम्लाबासीले थप शसक्त आन्दोलन थालेका छन् । आन्दोलन सशक्त भएपछि स्थानीय प्रशासनले कफ्र्य लगाएको छ । आइतबार साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २९ राउड गोली चलाउँदै कफ्यू लगाएको छ । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक छ । घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment