• Breaking News

    8.17.2015

    अमेरिकाले चौथो पटक पनि पत्याएन कोमललाई

    नेपालकी चर्चित गायिका कोमल वलीलाई चौथो पटकको प्रयासमा पनि अमेरिकाले भिसा दिएन । अमेरिकामा आयोजना हुन लागेको ‘तीज विशेष कार्यक्रम’का लागि अमेरिका जान लागेकी कोमललाई अमेरिकाले पत्याएन । उनलाई यसपटक पनि ‘सरी म्याम’ भन्दै अमेरिकाले भिसा दिन मानेन ।

    ‘अमेरिकाका विभिन्न २५ वटा शहरमा कार्यक्रम बुक भैसकेको छ, तर म जान पाइन’-कोमलले अनलाइनखबरसँग भनिन् । अमेरिकी दुतावासमा उनलाई नेपाल फर्किने कारण के छ भनेर सोधिएको थियो । यसपटक उनले आफू व्यवसायिक गायिका भएको र अवसर पाए मात्र अमेरिका जान्छु भनेकी थिइन् । उनलाई अन्र्तवार्ताका क्रममा ‘तपाइको प्रेमी छ’ भनेर सोधिएको थियो । तर, कोमलले आफ्नो प्रेमी नभएको जवाफ दिइन् । यसपछि उनलाई बिबाहको बारेमा सोधियो ।
    उनले आफू सिंगल भएको बताइन् । उनले आफूलाई भिसा नदिनुको कारण के छ भनेर अहिलेसम्म आफूले वुझ्न नसकेको पनि बताइन् । विश्वका थुप्रै देशमा कार्यक्रमका लागि पुगिसकेकी गायिका वलीलाई अमेरिकाले बारम्बार भिसा रिजेक्ट गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा उनलाई राम्रो संस्थाबाट स्पोन्सर आएको थियो । तर, पनि भिसा नपाउँदा पत्रकार सम्मेलन गर्ने तयारी कोमलले गरेकी छिन् ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र