• Breaking News

    8.18.2015

    कन्निकाले हिमानीको चरित्र हत्या गर्न खोज्नुको कारण त यस्तो पो रहेछ


    कन्निकाले किन मेटिन फेसबुक स्ट्याटस ?

    काठमाडौं, भदौ २ – पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्वयुवराज्ञी हिमानी शाहको चरित्र हत्या गर्न खोजेको रहस्य खुलेको छ ।

    लामो बसाइपछि नेपाल फर्किएका पारसले अहिले पनि कन्निकालाई थाइल्यान्डमा पैसा पठाउने गरेको र पूर्वयुवराज पारसका त्यहाँ रहेका साथी र थाइल्यान्डमा रहेका नेपालीहरुको सहयोगमा पूर्व युवराज्ञी हिमानीको चरित्र हत्या गर्ने खालको तस्बिर फेसबुक स्ट्याटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ ।
    थाइल्यान्डबाट नेपाल आएपछि पनि पूर्वयुवराज पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुराचाहिँ रहस्यमय छ ।
    पूर्वराजा ज्ञानेन्द्रले विगतमा सबै कुरा बिर्सेर नेपाल नै बस्न पारसलाई आग्रह गरेपछि उनलाई पुनः बैंकक फर्काउन चाहने नेपाली समुदायले नै कन्निकालाई प्रयोग गरेर हिमानीको चरित्र हत्या गर्न खोजेको बैंककमा रहेका एक नेपालीले बताए । कन्निका र थाइल्यान्डमा रहेका नेपालीहरुले पूर्वयुवराज पारसलाई सकेसम्म बैंकक झिकाउने , त्यसो हुन नसके थाइल्यान्डको छिमेकी मुलुक लाओस ल्याउने तयारी स्वरुप उक्त हथकण्डा अपनाएको स्रोतको दाबी छ । पारसको मुद्दा हेरिरहेका वकिल चाङछाईले विगतको पैसा नपाएको भन्दै गुनासो गरिरहेका बेला हाल थाइल्यान्डमा रहेका सिताष्माका पति राजीव सिंहले उक्त पैसा दिन नसक्ने जानकारी गराएका थिए । चाङछाईले आफूलाई पारसको मुद्दा लड्दा २ लाख भाट खर्च भएको र त्यो पैसा अझै नपाएको भन्दै राजीवसँग पैसाको बारेमा कुरा गर्दा उक्त पैसा तिर्न नसक्ने बताएको ती नेपालीले जानकारी दिए ।
    उक्त कन्निकाले उक्त हर्कत गरेको थाहा पाएपछि राजीवले कन्निकालाई भेट्न खोजेको भए पनि उनले भेट्न अस्वीकार गरेको बताइएको छ । पूर्वराजपरिवारले हिमानीका बारेमा फोटो पठाउने र उनको चरित्रहत्या गर्न उक्साउने नेपालीको खोजी गरिरहेको बताइएको छ । चन्निकाको चौतर्फी विरोध भएपछि उनले आफ्नो फेसबुक स्ट्याटस मेटेकी छन्, आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र