आँखाले सबैकुरा बताउँछ, यो कुरा भनाईमा मात्र सिमित छैन, यो वास्तविक पनि हो । तपाईं कसैको आँखाको रङ हेरेर उनको स्वभावको बारेमा बताउन सक्नुहुन्छ । कुनै पनि मानिसको आँखाले उसको बारेमा सबै कुरा बताउँछ । कुनै पनि मानिसको आँखामा हेरेर तपाईंले उक्त व्यक्तिको बिचारधारा कस्तो हो भन्ने बारे थाहा पाउन सक्नुहुन्छ । अर्थात कुनै मानिसहरुको उदासिनता, प्रेम, अपनत्व, द्वेष आदि भावनाहरुको बारेमा उसको आँखाको रंग हेरेर अन्दाज लगाउन सकिन्छ ।
आउनुहोस्, आज हामी तपाईंलाई मानिसहरुको आँखाको रङबाट मानिसको व्यक्तित्व बारे जानकारी लिऔंः
१. खैरो आँखाः
२. खरानी रङको आँखाः
३. कालो आँखाः
कालो आँखा भएका मानिसहरु भेट्न निकै कठिन हुन्छ । यस्ता मानिसहरु रहस्य राख्ने किसिमका र भावुक हुने गर्दछन् । यी मानिसहरुले अरुलाई झट्ट विश्वास गर्दैनन् तर साथीहरुका लागि आफ्नो ज्यान नै दिन तयार हुन्छन् । उनीहरु थोरै धैर्यहीन हुन्छन् तर निकै आशावादी हुने गर्दछन् । यस्ता मानिसहरु सबैभन्दा विश्वासीला मानिन्छन् ।
४. हरियो आँखाः
आँखाको रङमा सबैभन्दा रुचाइने रङ हो यो । यस्ता मानिसहरु वुद्धिमान र स्वचालित हुन्छन् । सम्बन्धको विषयमा उनीहरु निकै भावुक हुने गर्दछन् । साथीहरुमाझ उनीहरुलाई हाँस्न र बोल्न मनपर्छ । उनीहरुको सेन्स अफ ह्युमर निकै राम्रो हुन्छ । उनीहरु आफ्नो जीवन निकै निष्फिक्री रुपमा व्यतित गर्न चाहन्छन् तर उनीहरु थोरै इष्र्यालु स्वभावका हुन्छन् ।
निसन्देह संसारभरी अत्यधिक रुचाइने आँखाको रङ निलो हो । निलो आँखा भएका मानिसहरु सुन्दर, दयालु र स्मार्ट हुन्छन् । मानिसहरुलाई आवश्यक परेको बेला सहयोग गर्न उनीहरु सधैं तत्पर हुने गर्दछन् । उनीहरु आकर्षक र फ्रेन्डली नभएपनि मानिसहरु उनीहरुलाई निकै रुचाउँछन् ।
आँखाको नानी हल्का खैरो भएका मानिसहरु रहस्मयी र स्वतन्त्र बिचारधाराका हुन्छन् । यस्ता मानिसहरु शिष्ट, दयालु, मृदुभाषी, आनन्दित र अनेक चरित्र विशेषता भएका हुन्छन् । उनीहरु आफैंलाई निकै हराइरहेका हुन्छन् । यस्ता मानिसहरुसँगै बस्नु निकै कष्टकर हुने गर्दछ ।
कुनै पनि व्यक्तिको आँखामा नियालेर हेरेको खण्डमा तपाईंले उक्त व्यक्तिको इमोसन र मुड थाहा पाउन सक्नुहुन्छ । हाम्रो रिस, प्रेम, उदासिनता र घुणाजस्ता भावहरु आँखाबाट पत्ता लाग्छ । आँखाले नै विपरित सेक्सका मानिसहरुलाई एक–अर्काप्रति आकर्षित गराउँछ । आँखाले नै हामीलाई भीडबाट अलग गराउँछ । तपाईं जुनसुकै देशबाट भएपनि तपाईंका आँखा जुनसुकै रङको होस् यसको विशेषता समान हुनेछ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment