• Breaking News

    8.24.2015

    गौरमा जलाइयो एम्बुलेन्स

    रौतहट, ८ भदौ ।
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा एम्बुलेन्स जलाएका छन् ।
    केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
    आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र