• Breaking News

    8.25.2015

    नेपालगञ्जमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार

    बाँके, ८ भदौ । बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।
    ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
    अन्सारीले त्रिभुवन चोकमा ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।
    घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    1. टीकापुर जे कारणले भयो त्यो कायम छ http://demrepubnepal.blogspot.com/2015/08/blog-post_789.html

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र