काठमाडौं । गुण्डाका नाईके कुमार श्रेष्ठ उफ घैंटे प्रहरी ईन्काउन्टरमा मारिएपछि उनका केही सहयोगी गुप्तवास भएका छन् । कहलिएका डन कोही गाँउ फर्कन थालेका छन् भने, कोही बिदेशीएका छन् । गुण्डागर्दी बिरुद्ध अप्रेशन सुरु गरेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले कुनैपनि हालतमा गुण्डागर्दी निर्मुल पार्ने रणनीति लिएको छ ।
महाशाखाले घैंटे ईन्काउन्टरमा अन्य डनसँगै घैंटेका सहयोगीको समेत खोजी सुरु गरेको छ । घैंटेका सहयोगीको खोजी गर्ने क्रममा महाशाखाले अबैध रक्तचन्दको तस्करी गर्ने दोलखाका नबिन बस्नेतले समेत घैंटेको आडमा पेप्सीकोेला र भक्तपूरमा गुण्डागर्दी गर्ने गरेको सुचना पाप्त गरेको स्रोतले बताएको छ ।
पेप्सीकोेलालाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा सक्रिय बस्नेतले भक्तपूरमासमेत घैंटेको आडमा असुली धन्दा चलाउँदै आएको स्थाईनियले बताएका छन् । नगर बिकासले गरेको जग्गा प्लानिङमा समेत बस्नेतले सामन सप्लाई गर्ने व्यापारीसँग कमिशन लिने गरेका छन् ।
बस्नेतले अहिले भक्तपूरका अबैध बालुवा खानीबाट कमिशन असुल्ने देखी ठेक्का पट्टामा समेत हालीमुहाली गर्दै आएका छन् । डन सगुन श्रेष्ठ वान्टेड र जेल चलान भएदेखी बस्नेत र भक्तपूरका अर्का डन सरोज थापालाई अपुताली परेको छ । महाशाखाका एसएसपी सबेन्द्र खनालले कुनै बहानामा गुण्डागर्दी गर्नेलाई कानूनको दायरामा ल्याई छाड्ने बताए । उनले भने, शहरलाई गुण्डागर्दी रहित बनाउने हाम्रो अभियान हो । यो अभियानमा कुनैपनि सम्झौता हुँदैन ।
अपराधखबर बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment