• Breaking News

    8.19.2015

    कुन अँगमा कोठी हुँदा केको संकेत ? (२५ टिप्स)

    कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।rekha
    १ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।
    २ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।
    ३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् । ४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।
    ५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।
    ६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।
    ७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।
     ८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।
     ९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।
    १० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
     ११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।
     १२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।
     १३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।
    १४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।
    १५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।
    १६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
    १७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।
     १८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।
     १९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
     २० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।
    २१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
     २२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।
    २३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।
    २४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।
     २५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र