• Breaking News

    8.22.2015

    सुन जस्तै भो प्याज, मूल्य बढेर वर्षकै उच्च

    काठमाडौं, भदौ ६ । पछिल्लो समय दिनानुदिन बढीरहेको प्याजको थप आकाशिएको छ । नेपालमा आयात र उत्पादन कम भएपछि भाउ ह्वात्तै बढेको कालीमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।

    हाल प्याजको भाउ किलोको १ सय रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च हो ।

    प्याज यो वर्षको सुरुमा किलोको ३५ रुपैयाँ भए पनि वर्षको अन्त्यमा एक सय भन्दा माथि पुगेको हो ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र