• Breaking News

    8.16.2015

    सेक्स लाइफ खराव पार्ने महिला पुरुषका ५ समस्या

    काठमाडौँ, ३१ साउन ।आजको समयमा हामि सबैको जीवनशैली तनावै तनावले भरिएको छ । यस्तो तनावै तनावले भरिएको दुनियामा सेक्स समस्या आउनु भनेको सामान्य कुरा हो । सेक्सको समयमा तनावको कारण उत्तेजनामा कमि आउनुलाई पनि सामान्य रुपमा लिइन्छ । तर लगातार समस्या आइरह्यो भनेर चुपचाप बस्नु भने हुदैन । यस्तो समयमा हामिले चिकीत्सकसंग परामर्श गर्नुपर्ने हुन्छ । तर हामि कहाँ सामान्यतया यस्तो परम्परा देखिन्न । महिलाको त कुरै छाडौ पुरुषहरु समेत आफुभित्रको सेक्स समस्या लुकाएरै बस्दछन । जसका कारण समस्याले ठूलो रुप लिइ भविश्यमा विकराल रुप लिने गरेको छ । तसर्थ जान्नको लागि पढौं महिला र पुरुषमा हुने ५ वटा सामान्य सेक्स समस्या । जसले गर्दा थुपै्रको सेक्स जीवनलाइ खल्लो बनाइरहेको छ ।


    पुरुषका ५ सेक्स समस्या
    १.लिङ्गमा उत्तेजना नआउनु ,उत्तेजना आएतापनि छिट्टै सेलाउनु र यौन सम्पर्कका समयमा शिघ्र पतन हुनु धेरै पुरुषहरुको सेक्स समस्या हुन ।
    २ अन्तर्मनमा यौन चाहना पर्याप्त हुने । तर जव कुनै महिलासंग सम्पर्कमा आउने वितीक्कै यतिकै विर्य स्खलन हुने आदि आम पुरुषहरुको सेक्स समस्या हो । यसै समस्याले गर्दा कयौ पुरुषहरु त महिला संग टाढा टाढा समेत रहने गरेका हुन्छन ।
    ३.पुरुषहरुको वीर्यमा शुक्रकिटहरु हुन्छन । जव पुरुषको लिङ्गको माध्यमबाट महिलाको योनी मार्फत डिम्वाणु सम्म मेल हुन्छ तवमात्र गर्भाधारण हुन्छ । तर केहि पुरुषहरुमा शुक्रकिट अल्पता हुन्छ । उनिहरुको शरिरमा शुक्रकिट नै कम पैदा हुन्छ यस्तो अवस्थामा पनि सेक्स समस्या उत्पन्न हुन्छ ।
    ४.कयौ पुरुषको वीर्यमा शुक्रकिट नै हुदैनन । तर सन्तान उत्पादन नभएपछि दोष भने महिलालाइ मात्र दिन्छन । जसले गर्दा गृहकलह भइ तनावलाइ बढाउदछ र सेक्स जीवन लाइ नै खल्लो बनादिन्छ ।
    ५.पुरुषहरुमा उमेरको वृद्विसंगै टेस्टोस्टोरोन नामको हर्मन उत्पादनमा कमि हुदै जान्छ जसले गर्दा उनिहरुमा यौन इच्छामा कमि हुदै जान्छ ।
    महिलाका ५ सेक्स समस्या
    १.धेरै महिलाहरुको सेक्स समस्या भनेको यौन इच्छामा कमि हुनु हो । कयौ महिलाहरुमा त सेक्स रहरको हैन कहरको बिषय बन्ने गरेको छ । जुन महिलाको सेक्स भावनामा खडेरी परिरहेको हुन्छ उनमा यो समस्या विकराल बनिरहेको छ ।
    २.योनीबाट बारम्वार पानी बग्नु, केहि रगत निस्के जस्तो हुनु आम महिलाहरुको सेक्स समस्या हो । सामान्य भाषामा यसलाइ सेतो पानी बग्ने भन्ने गरिएको छ ।
    ३.महिलाको योनीमा बिभीन्न कारणले चिलाउने डावरहरु आउने आदि भइरहन्छन । योनी ठीक संग सरसफाइ नभएमा ,बिभीन्न रक्तविकारहरु भएमा र सम्भोग गर्ने पूरुषको यौनाङ्गमा इन्फेक्शन भएमा त्यसको प्रत्यक्ष प्रभाव योनीमा पर्दछ जसले गर्दा सेक्स समस्या खडा हुन्छन ।
    ४. योनीमार्गमा रहेका रौ हरु सफा नगर्दा पनि त्यहा जम्मा भएका कीटाणु योनि मार्ग बाट भित्र गइ गर्भाशय सम्वन्धी समस्या उत्पन्न गराउदछ ।
    ५.धेरै पटक स्तनको दुखाइका कारण पनि महिलाहरुले यसलाइ सामान्य समस्या हो भनेर लापरवाही गरेर बस्ने गर्दछन तर सेक्समा भने स्तनको दुखाइले पक्कै समस्या हुन्छ ।
    रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो भने झै स –साना समस्यामा लापरवाहि नगरौ । उचित समयमा चिकीत्सकको परामर्श लिऔ जसले गर्दा महिला र पुरुषका यि सामान्य सेक्स समस्या समाधान हुन्छन ।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र