सामान्य प्रशासन मन्त्रालयले कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएका सडक डिभिजन कार्यालय, बुटवलका सरकारी कर्मचारी (इन्जिनियर) धनीराम चौधरीलाई कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
निजामती प्रशासनको नियामक मन्त्रालय सामान्यले निजामती सेवा ऐनविपरीत चौधरी थारू कल्याणकारी सभाको अध्यक्ष भई थरुहट प्रदेशको माग गर्दै सरकारविरोधी आन्दोलनमा उत्रेको पाइएको उल्लेख गर्दै कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको छ ।
उनी सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हुन् कि होइनन् । हुन् भने निजामती ऐनअनुसार स्पष्टीकरण लिएर कारबाही गर्न सामान्यले भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको छ,’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने । कान्तिपुर दैनिकमा खवर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
कानून सबका लागि हो र पालना सबै ले गर्नु पर्छ धन्यवाद लालबाबु पण्डित लाइ आफ्नो कर्तब्य निभाएको मा उच्च पद का मानिस ले वर्ग र समुदाय हेर्ने होइन समग्र देस हेर्नु पर्छ
ReplyDeleteयो कुरो काम सहि भयो । तर, कोहि कोहि सरकारी तलब खाँएर, परिवर्तन र सुधारको नाममा सरकारलाई नै चुनौति दिदै र जिम्मेवारीहरू छोडेर , अनसन बसेर, मिडियामा हिरो बनेर, सरकारलाई निचो देखाएर सरकारी उच्च पदस्तका ब्यक्तिलाई, र आफ्नो अनुयायीहरूलाई आफ्नो अगलबगल घुमाएर बस्नेहरूलाई पनि कारवाहिको दायरामा ल्गयाउने काम गर्ने होकि लालबाबु जी कि वहाँलाई चाहिँ फेरि जुस पियाउन जाने ?
ReplyDeleteलाल बाबु जी को का सह्रानिय छ तर यो सजाँय इन्जीनियरहरुलाई मात्र हो कि डाक्टरहरुलाई पनि हो ।
ReplyDelete