काठमाण्डु, ११ भदौ– राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नेपाली जनताले राजालाई नारायणहिटी दरबारमा पुनस्र्थापना गर्ने दाबी गरेका छन् ।
संविधानको परिमार्जित मस्यौदामाथि संविधानसभामा शुक्रबार टिप्पणी गर्ने क्रममा गिरीले प्रमुख दलहरुका गतिविधिले राजतन्त्र ल्याउने वातावरण बनाइरहेको बताए ।
‘म भन्न सक्दिन कि नेपालमा अब राजा आउँछ’, गिरीले भने, ‘लोकतन्त्रका नाममा नेताहरु अहिले जसरी नै अगाडि बढ्ने हो भने कुनै दिन जनता आफैंले राजा ल्याउने छन् ।’
गिरीले ९४ प्रतिशत जनता हिन्दू भएको नेपालमा धर्मनिरपेक्षाता हुनै नसक्ने जिकिर गरे । भारत र चीनको सुरक्षा स्वार्थमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको दाबी गिरीको थियो ।
उनले मुलुक प्रमुख दलको असफल नेतृत्वका कारण अस्तव्यस्त बनेको र देशैभर आगो बलिरहेको टिप्पणी गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment