• Breaking News

    8.30.2015

    राजधानीमा फेरी गयो भूकम्प

    काठमाडाैं, भदाै १३ । अार्इतबार साँझ काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएकाे छ । साँझ ७ बजेर १मिनेट जादा सिन्धुपाल्चोक  केन्द्रबिन्दू पारी भूकम्प गएको हो । भूकम्प ५ रेक्टर स्केलको गएको हो ।

    यसअघि आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल भूकम्पको परकम्प गएको छ ।

    यसैगरी, ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा तीन सय ८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा जनाइएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र