• Breaking News

    8.16.2015

    लाैं पढौं, ७३ वर्षमा पनि युवती हुने राज


    एनेट् लार्किन्सलाई देख्ने अधिकांश मानिसहरु उनको उमेर अनुमान पनि लगाउन सक्दैनन् । उनको अनुहारको जाज्वल्य देख्दा लाग्छ उनी पक्कै ३५ वर्षे महिला हुन् । जब उनले आफ्नो सही उमेर भन्छिन्, '७३ वर्ष ।' मान्छेहरु दंग परेर जिब्रो टोक्छन् । उनको उमेर यस्तो देखिन्छ कि, खास उमेर भन्दा ठिक आधा । अर्थात्, ३० देखि ३५ वर्ष । धेरैको अनुमान यस्तै हुन्छ ।

    भेजिटेरियनहरुको अनुहार पक्कै पनि चमकदार देखिन्छ । तर, एनेट् जस्तै चाहीँ होइन । उनी भेजिटेरियन हुन् । २१ वर्षको उमेरमा भेजिटेरियन बनेकी एनेट्ले आजका मितिसम्म माछा मासु खाएकी छैनन् । बरु, उनी अत्याधिक फलफूल र जुस पिउँछिन् ।

    घरछेउमा एउटा भव्य बगैँचा छ, उनको जहाँ हरिया सागपात र फलफूलहरु छन् । बिहान सबेरै उठेर उनी बगैँचामा जान्छिन् । त्यहाँका सागपातहरुको स्याहार गर्छिन् । बगैँचामा उनले वर्षाको पानी संकलन गर्ने एउटा ठूलो संकलन केन्द्र राखेकी  छिन् । जसअनुसार उनी वर्षाको पानी पिउन योग्य बनाएर त्यही पानी पिउने गर्छिन् ।

    आफूभन्दा ९ वर्ष कान्छा उना श्रीमान एमोस लार्किन्स भन्छन्, 'म उनको जोश र जाँगर देखेर अचम्ममा पर्छु । म भन्दा धेरै उर्जावान छिन् उनी ।'

    अनौठो त के भने, ९ वर्ष कान्छा श्रीमान एनेट्का हजुरबा जस्ता देखिन्छन् । त्यसो त, तन्दुरुस्तीका हिसावले पनि उनी श्रीमती जस्तो काममा फुर्तिला छैनन् । तर, एनेट् स्वस्थ भने छैनन् । उनलाई उच्च रक्तचाप र डायविटिज छ । यद्यपी, उनले केहि वर्षअघि मात्रै 'जर्नी टु हेल्थ' नामक पुस्तक लेखेकी छिन् । ्

    धेरैले उनको चमकदार अनुहार हेरेर प्लास्टिक सर्जरी गरेको भन्ठान्छन् । तर, उनले त्यसबारे सोचेकी पनि छैनन् । बरु, ८० वर्ष पुगेपछि चाहीँ त्यसबारे सोच्न सक्ने बताउँछिन् ।

    अमेरिकाको नर्थ क्यालोरिनामा सन् १९४२ मा जन्मेकी थिइन् एनेट् । स्थानीय नाइट क्लवमा केहि समय गीत पनि गाइन् । केहि पुस्तिकाहरु समेत लेखेकी छिन् । खासमा उनको यो बुढेशकाल हो । तर, मान्छेहरु उनलाई एक युवती भन्छन् । ७३ वर्षे उमेरमा उनी भेजिटेरियनीजमको अभियान समेत थालेकी छिन् ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र