बुधबार, भदौ ९,
काठमाडौं। कैलालीको टीकापुरमा एक एसएसपी सहित सात प्रहरी र एक दुई बर्षिय बालकको हत्या भएपछि “नेपालको सुरक्षाका लागि जेसुकै सघाउन तयार..” भनेर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शुसिल कोइरालालाई फोन गरेको साँझबाट मोदीकै गृहराज्यमा दंगा भड्किएको छ। हाम्रा प्रधानमन्त्रीलाई फोनमा यसो भन्नुभएको २४ घन्टा नबित्दै गुजरातमा हिंसा भड्किएपछि नेपालमा मोदीले प्रधानमन्त्री कोइरालालाई भनेको कुरा अझ चर्चामा आउन थालेको छ। लाखो पटेलहरुलाई लिएर धर्नामा बसेका हार्दिक पटेलको आन्दोलनले हिंसात्मक रुप लिँदा सात जना व्यक्तिको मृत्यु भइसकेको छ। शहरमा दंगा भड्किएको छ। सार्वजनिक सम्पतिमाथि व्यापक तोडफोड गरिएको छ।
नेपालमा मोदीको टिप्पणीमाथि टिप्पणी गर्नेहरुमा राजनीतिक दलका नेतादेखि पत्रकारहरुसम्म देखिएका छन्। काँग्रेस यूवा नेता विश्वप्रकाश शर्माले फेसबुकमा लेख्नुभएको छ। ‘मित्र रास्ट्रहरुले आपसमा सद्भाव राख्नुपर्छ, तर सुरक्षा संवेदनशीलताको प्रश्नमा हतारिएर हलुका या हैकमको टिप्पणी कहिल्यै गर्नुहुन्न। विपि यतिबेला हुनुन्थ्यो भने मोदिको टेलीफोनलाई जवाफमा पक्कै भन्नुहुने थियो “आप अपना इन्डिया सम्हालिए, हमारा देश हम खुद सम्हालेंगे….”
पत्रकार किरण नेपाल पनि टिप्पणी गर्नेमा पर्नुहुन्छ। नेपालले ट्वीटमा लेख्नुभएको छ ‘ माओवादी हिंसाको दुःख पैला नेपालले भोग्यो, लगत्तै भारतले। जातीवाद शुरु के भाथ्यो, दुःख बाडिहाल्यो भारतले। नाता हुनु यस्तो ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment