• Breaking News

    8.30.2015

    चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?




    – राजेश हमाल, नायक
    भीडभाड भएको ठाउँमा कुनै युवतीले तपाईंको पाइन्टको फस्नर खुल्लै छ भनिन् भने ?
    थ्याङ्क यु भन्छु अनि फस्नर लगाउँछु ।
    लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखान तपाईंको वैवाहिक जीवनमा लागू भएको छ कि छैन ?
    कस्को नभएको होला र ? मेरोमा पनि लागू हुन्छ तर त्यो परालको आगोमै सीमित छ ।
    गुलाब जामुनमा गुलाबचाहिँ कहाँ हुन्छ ?
    अब गुलाब नै खोज्ने हो भने खाएपछि खाने मान्छेको गालामा हेर्नुपर्छ मज्जाले देखिन्छ ।
    ट्वाइलेटमा हुँदा चुकुल नलागेर गीत गाउनु परेको छ ?
    गीत त गाउनु परेको छैन तर एउटा हातले ढोका तान्दै बस्नु परेको छ ।
    धेरैजनासँग विवाह गर्ने छुट पाउनुभयो भने कतिवटीसम्म विवाह गर्न सक्नुहुन्छ ?
    एउटीभन्दा धेरैसँग विवाह गर्न सकिँदैन । मेरा लागि एउटै अनुभव काफि छ ।
    चुम्बन गर्दा केश झर्ने रोग लाग्न थाल्यो भने ?
    त्यस्तो भयो भने चुम्बनबाट पर भाग्छु, मेरा लागि चुम्बनभन्दा केश नै प्यारो छ ।
    गुरु द्रोणाचार्यले आजको समयमा एकलब्यसँग बुढी औंला मागे भने उनले के देलान ?
    समय बदलिएको छ, बुढि औंला त दिन सकिँदैन, लेटेस्ट आइफोनले काम चल्ला गुरुजी भन्लान ?
    स्वाइन फ्लु, बर्ड फ्लु जस्तै धेरै हास्ने मानिसलाई हास्यफ्लु लाग्ने भयो भने के हुन्छ होला ?
    हाम्रो समाजमा हासोको खाचो भएकाले वातावरण अलि सहज हुन्थ्यो कि, हासिरहने मानिसको विचार पनि राम्रो हुन्छ । यो फ्लु चाहिँ हाम्रा नेताहरूलाई लागिदिए राम्रो ।
    कोमल वलीले तपाईंसँग विवाह गर्छु भनेर जिद्धि गरिन् भने ?
    त्यस्तो गर्नुहुन्न होला यदि जिद्धि नै गर्नुभयो भने तपाईंले आज कतै लागू पदार्थ त सेवन गर्नु भएको छैन भनेर सोध्छु ।
    युवतीको गालालाई किन स्याउसँग तुलना गरिएको होला ?
    मानिसलाई स्याउ टोक्न जति मज्जा आउँछ, गाला टोक्न पनि त्यति नै मज्जा आउने भएर होला । यसलाई विम्बका रूपमा प्रयोग गरिएको हुनसक्छ ।
    एकदिनका लागि प्रधानमन्त्री हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
    सुरुमै कार्यकाल न्यूनतम ५ वर्षको बनाउँथे र नेपालीहरूलाई नेपाली हुनुमा गर्व महसुस गराउने काम गर्थे ।
    श्रीमतीले पर्स चेक गर्दा कुनै सुन्दर युवतीको तस्बिर फेला पारिन् भने ?
    तिमीसँग अनुहार मिल्ने भएकाले राखेको हो भन्छु ।
    साताको एक दिन महिलाले लगाउने पहिरन पुरुषले लगाउनुपर्ने नियम आयो भने ?
    मचाहिँ स्कर्ट र टिसर्ट लगाउँथे अनि मानिसहरूलाई भन्थे यो महिलाको पहिरन होइन्, स्कटल्यान्डको राष्ट्रिय पोसाक हो ।
    सबै युवतीको एउटै अनुहार हुने भए के हुन्थ्यो ?
    भयंकर चिटिङ गर्न पाइन्थ्यो । अरू महिलासँग हिँडिरहँदा आफ्नी श्रीमतीले भेटिन भने ए, यो तिमी होइनौ र, म त तिमीसँगै घुमिरा, भन्ठानेको भन्थे ।
    कान्तिपुर साप्ताहिक


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र