• Breaking News

    8.21.2015

    वास्तु भन्छ, यस्ता तस्विर घरमा भित्ता झुण्ड्याउनु हुँदैन

    हामीले घरलाई सुन्दर देखाउनका लागि भित्ताहरूमा तस्विर झुण्ड्याउने गर्छौ । वास्तुका अनुसार तस्वीरले पनि परिवारको सदस्यहरूमा मानसिक असर पार्छ । यसै कारण घरमा यस्ता तस्विर झुण्ड्याउनु हुँदैन, जसले घरका सदस्यहरूमा नकारात्मक उर्जा बढाउँछ । थाहा पाउनुस् कस्ता खाले तस्विर घरका भित्तामा झुण्ड्याउनु हुँदैन :
    – डुब्न लागेको डुङ्गा : धेरै मानिसले समुन्द्र या नदीमा डुब्न लागेको डुङ्गाको तस्विर भित्तामा झुण्ड्याउने गर्छन्, जुन वास्तुका अनुसार अशुभ मानिन्छ । घरमा दैनिक रूपमा यस्तो तस्विर हेर्नाले हाम्रो सोचमा असर पार्छ । यस्ता तस्विरले भाग्य सम्बन्धी बाधा बढाउँछ भन्ने मान्यता रहेको छ । घर परिवारमा तनाव बढ्छ र वास्तु दोष उत्पन्न हुन्छ ।
    – महाभारत युद्ध : महाभारत युद्धको तस्विर पनि घरमा राख्नु हुँदैन । कुनै पनि खाले युद्धको तस्विरले हाम्रो सोच पनि आक्रामक बनाउँछ । युद्धको तस्विर दैनिक देख्दा हाम्रो स्वभाव पनि आक्रामक नै हुने गर्छ । घर-परिवारमा विवाद हुने सम्भावना पनि बढ्छ । महाभारत युद्ध पारिवारिक युद्ध पारिवारिक तनावका कारण भएको थियो । यसकारण महाभारत युद्धसँग जोडिएका तस्विर राख्नबाट बच्नुपर्छ ।
    – झरना या फोहोराको पानी : झरना या फोहोराको पानीसहितको सुन्दर दृश्यहरू निकै आकर्षक र सुन्दर हुने गर्छ । यसकारण हामी धेरैले यस्ता तस्विर घरमा राख्ने गर्छौ । तर, यस्ता तस्विर पनि घरमा नराख्नु नै राम्रो हुन्छ । वास्तुमा पानी जुन हिसाबले बहन्छ, ठिक त्यसरी यस तस्विरको प्रभाव हाम्रो पैसा पनि व्यर्थ खर्च हुन सक्छ । यसकारण घरमा यस्ता तस्विर नराख्नु राम्रो हुन्छ ।
    – ह्रिंसक जनावर : घरमा कुनै पनि ह्रिंसक जनावरको तस्विर राख्नु राम्रो हुँदैन । ह्रिंसक जनावरहरूको तस्विर दैनिक देख्नाले हाम्रो स्वभाव पनि उग्र हुन सक्छ । घरमा अशान्ति बढ्न सक्छ ।
    यसैले घरमा यस्ता तस्विर राख्नु पर्छ जुन सकारात्मक होस्, जुन तस्विर देखेर मन प्रशन्न होस् र कुनै पनि नकारात्मक विचार नआओस् ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र