• Breaking News

    8.15.2015

    यो हो संसारकै सबैभन्दा गहिरो गुफा, जहाँ ज्यान हत्केलामा राख्नुपर्छ (फोटो फिचरसहित)

    एजेन्सी । धेरैलाई संसारको ठूलो गुफा कहाँ, कस्तो र कति गहिरो छ भन्ने कुरा थाहा नहोला । तर, यहाँ एउटा संसारकै सबैभन्दा गहिरो गुफा भेटिएको छ ।
    यो गुफाको नाम हो क्रूबेरा केव्स । यसलाई वोरोन्या केव्सबाट पनि चिनिन्छ । संसारकै गहिरो यो गुफा रूसमा भेटिएको हो । यो गुफा रुसको अरेबिका मैसिफमा छ । रूसको जर्जिया इलाका नजिकैको सबैभन्दा उच्चो पहाडको बीचमा यो गुफा रहेको छ । यो इलाकामा कैयौ यस्ता पहाड छन् जो सयौ वर्ष पुराना हुन् ।
    क्रूबेराको पहाड २१९७ मिटर गहिरो छ र यो संसारमा मात्र एउटा यस्तो गुफा हो जो जमिनबाट दुई हजार मिटरसम्म भित्र छ । यो गुफाको लम्बाई १६०५८ मिटर छ जसमा कैयौं पानीका कुवा छन् जो कैयौ ठाउँमा एक–अर्कासँग जोडिएका छन् ।
    यो गुफा पहाडको माथिबाट शुरू हुन्छ र यस्को लम्बाई २२५६ मिटर छ । यसमा भित्र छिर्न शुरूआतमा धेरै अप्ठेरो छ ।
    यो गुफाको कैयौं ठाउँमा त यस्तो छ कि जहां जाने मानिसहरु बाटो विराएर अर्के बाटोतिर लाग्छन् ।
    यो गुफा घूम्नेका लागि एउटा ठूलो सुन्दर पर्यटन यात्राको गन्तव्य हो । तर यहाँ आउँदा ज्यान जोखिममा राखेर हिम्मतका साथ आउनुपर्ने रुसका सरकारी अधिकारी बताउँछन् ।
    तर, तस्वीर हेर्दा कुनै पनि मानिसलाई हैरान गरिदिने खालका छन् ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र