• Breaking News

    8.20.2015

    गुण्डा नाइके घैंटे मारिएपछि ट्वीटरमा यस्तो प्रतिक्रिया

    बिहिबार, भाद्र ३,
    गुण्डा नायिके कुमार घैँटे उर्फ कुमार श्रेष्ठ प्रहरी इन्काउटमा मारिएपछि सामाजिक सञ्जाल गर्माएको छ । मारिनु जायज भएको आसय सहित ट्वीटर प्रयोगकर्ताहरूले सयौँ ट्वीट गरिसकेका छन् । ट्वीटमा ‘कर्मको फल भोगेको’ लगायत कांग्रेस नेता तथा सभासद्हरूले घैँटेको मृत्युको सन्र्दभा बोलेका अभिव्यक्तिहरू ट्वीटका गरम मसला बनेका छन् ।
    हेरौँ केही प्रतिकृयाः
    ‘जे सुकै होस् उनी गुण्डा नै थिए ! हेर्दै जानोस सुर्खेतमा र मधेसमा मारिएका निर्दोष भन्दा उनी मारिंदा नेताहरूको कोकोहोलो ठुलो हुनेछ यहाँ !’ –सुविकु

    ‘चाहिँदा दलको झण्डा बोकाइएर अरु विरुद्ध फायर खोल्न लगाएको घैंटो काम सकिएपछि फुटाइएछ।दल भित्रै बसैर घैटो भरिरहेका थुप्रै घ्याम्पा कहिले ढल्छन?’ अक्षर काका

    ‘कुमार घैँटेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त कांग्रेस पार्टीलाई धैर्यधारण गर्न आग्रह । भोलि सदनमा तमासा हुनेहोला अब फेरि बन्द हरे !’ – विना अधिकारी

    ‘जसले अर्काको बाँच्ने अधिकारमाथि बारम्बार नियोजित आक्रमण गर्छ, तिनले आफ्नो ’मानबअधिकार’ गुमाईसकेका हुन्छन भने त्यस्ताको मृत्‍यु उत्सब बन्छ।’ विश्वराज न्यौपाने

    ‘यसरी नै घैटे, पटारे, भोडेहरू इन्कान्टरमा ड्याम ड्याम ढलाउँदै जाने हो भने देश बुद्धिमानीहरूको पकडमा नआउला भन्न सकिन्न ।’ -सर्टिफाइड नेपाली

    ‘जगदिशले बोलिसक्यो घरमै गएर हत्या गरेको हो भनेर के गर्नु आफ्नो चेलोको बचाउ गर्नुपर्यो नत्र पछी अरु सेनामेनाले उसैलाई खाईदिन्छ । नुनको सोझो ।’ -बैद्यबाको ठूलदाई

    ‘मलाइ गुण्डा, ज्यानमारा, हत्याराप्रति कुनै सहानुभूति छैन । कर्मको फल हो, यहि जुनिमा भोग्नुपर्छ ।’ -समिरमणि दिक्षित

    ‘पुलिसले पनि समानुपातिक इन्काउन्टर गर्दो रैछ एमालेको चरी,कांग्रेसको घैटे अब पालो माओवादी र मधेसबादी सम्बन्धित कै त होला नि नत्र बिरोध होला।’ –भन्तना राज

    ‘घैंटे केही कांग्रेसी नेताको नजरमा मान्छे होला तर आम नेपालीको नजरमा अपराधी हो त्यसैले जनताको नुन खाएको सुरक्षाकर्मिले आफ्नो दायित्व पूरा गरे ।’ -गोपाल दुलाल

    ‘पत्रिकाले ठुलो बनाउने के तेसै, वास्ता नगरे हुन्न? खबर जति सबै घैंटेको बारेमा । एउटा गुण्डा मर्यो सकियो कुरो । किन चर्चामा ल्यायर ठुलो बनाउने?’ -रा’राज

    ‘चरी र घैंटे आत्मकथा लेख्न नपाउंदै मरे ! धन्न महेश बस्नेत ले चैं लेखिहाल्यो !’ -रबिनबाबु ‏

    ‘नेपाल प्रहरीले पोहोर साल ‪‘चरीलाई‬’ ईन्काउटर गर्दा, एमालेका केही नेताहरु र अखिलमा ’चरीले’ पालेका केहि कार्यकर्ताहरुले कोकोहोलो गरेका थे’ अहिले ‪‎घैटेलाई‬ प्रहरीले ‪‘चरीलाई‬’ गर्दा काङ्ग्रेसका केही नेताहरु अनि नेसिसंघ/तरुण दलले कोकोहोल मच्चाउदैछन? के केही नेताहरु गुण्डाबिना आफ्नो दैनिका चलाउन असक्षम भएकै हुन त?’ किरण देउजा -फेसबुक

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    1. yipratikriyaharu sahi nai hun,,,mannu pardachh manav jaatile afno thau bata kehi garnai parne bhannai parne hunchh,,,tyo garna bhanna saktainan bhane manav bhaera janmekai kaam bhaena,,,kasaile asalkaam garchhan kasaile kharab, fulkoaankhama fulai sansaari......aba yo sawal kaha janchha....ta..jawaf khojna manav adhikarvadhiharuko ghuicho bhid hool je bhane pani paksha bi paksha...je sukai hunechhan 2/4 mahina pachhi adalat gaera makurako jaalo basne gari file lukchh yahi hoprakriya...bachunjelilai...Gorkha fujelka Nanda Adhikariharu jastai hun uniharuko aayu sakie pachhi chhorako mudda pani makurakai jaalobasne ho...Jaba jaba Vamadeva griha samalchhan esta ghatana dohorinchhan,,,aam janatale wahi wahi gardachhan gunda ho....tara jaba raajnitiko paaro tatna janchh Vamadeva niriha huna pugchhan,,,gunda gundanai hun..tara khule aam rahat vitaran gardai hideka bela sajilai pakadna sakthe prahari.....pakdana asajilobhae rahatma sangai hideka sahayogilai prahari karyalayama liera aunu bhanna pani sakthe hola...Achamma teti ho...kina encounter bhanne shavda prayog hunchh? bhidanta bhanne ho bhane ke hunchh bhidantai na bhai 1 bullet bhae pugne sthitima 1 dozen bullets kina kharcheko? ek goli ek dushman bhanne taalim paekaharulai eti dherai kharcha garda sarkarko dhukuti ghatauda kehi farak pardaina killer bhaera bahaduri sochiraheka chhan sharp shooter bhaeko davi gariraheka hunan..k swachalit hatiyar chalauna jaaneko bhandaima ek goli ko thauma magazine ma bhaeko sidhyauna parne ho ta? Ma sadharan le pani sajilai bhanna sakne kura matrai ho....galti garekai thiena hola bhannai mildaina....tara goli kharchinu bhanda sajilai Jail chalaan garna saknu parne sakine awastha pani bhaekai.....kasto hola raajniti/gunda gardi rasthka2 pangra rahechhan....10 varsha ko atankakaari dwandhav ma 17hajar maarieko pani testai gundagardi ra loot maar ta thiena?????

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र