• Breaking News

    8.21.2015

    डनहरुमा खैलाबैला, देशै छाडेर भाग्ने तयारी

    काठमाडौँ, ५ भदौ ।
    प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् ।
    राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरक्षित महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।
    प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेका हुन् । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ । घैँटेको इन्काउन्टर भएको करिब एक बर्ष पहिले राजनीतिक संरक्षणको आडमा गुन्डागर्दी गर्दे आएका दिनेश अधिकारी‘चरी’ प्रहरीको इन्काउन्टरमा मारिएका थिए । चरि पछि घैँटको इन्काउन्टरमा मृत्यु भएपछि डनहरु आत्तिएका हुन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र