साउन ३२ गते
मुम्बई । रिलिज हुनु अगाडी नै शाहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’ले २ सय ३० करोड कमाई गरेको छ ।
चलचित्र दिलवालेलाई भारतीय बितरकले एकसय ३० करोड दिएका छन् । त्यस्तै ओभरसिज राईटवाट ४० करोड आएको छ । त्यस्तै सोनी म्यूजिकले १५ करोड दिएको छ ।
सेटलाईट र टेलिभिजन राईट्सको विषयमा कुरा हुँदै गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । टेलिभिजन राइट्का लागि ४५ करोडमा कुरा भइरहेको छ ।
यसको निर्माण लागत ७५ करोड रहेको छ । उक्त चलचित्रले अहिलेकै रकम हिसाब गर्ने हो भने पनि १५५ करोड खुद नाफा कमाइसकेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment