• Breaking News

    8.16.2015

    सोझी केटी यसरी बनिन ‘बोल्ड’ नायिका

     सन् २००५ मा फिल्मी संसारमा पाइला टेकेकी एक सोझी केटी अहिले बलिउडकी सबैभन्दा ‘बोल्ड’ नायिका मध्येकी एक मानिन्छिन।

    साहिद कपुरको मुख्य भुमिका रहेको ‘वाह! लाइफ तो ऐसी’ फिल्ममा ‘अंजली’ को भुमिकामा एक नयाँ अनुहार देखियो। निकै सोझी यी केटीले फिल्ममा भुमिका पनि सोझो र सभ्य नै निभाइनन्।

    भारतको पुने स्थित फरग्युसन कलेजबाट अर्थशास्त्रमा स्नातकसम्मको पढाइसकेर राधिकाले बलिउडमा आफ्नो स्थान बनाउने इच्छा देखाइन। उनको पिता एक न्युरोसर्जन थिए। परिवारबाट अन्य कोही बलिउडमा सम्बन्धित थिएनन्। बलिउडमा स्थापित हुन कुनै सजिलो काम थिएन, न त उनको परिवारबाट नै बलिउडमा प्रत्यक्ष सम्बन्ध राख्ने कोही भयो।

    आफ्ना कलेजका दिनमा उनले ‘पुर्ण विराम’, ‘मात्र-रात्र’, ‘कन्यादान’ जस्ता नाटकमा पनि काम गरेकी। एउटा बंगाली फिल्म पनि खेलिन,’ अन्तहीन’ नामक।

    ७ वर्षसम्म लगातार बलिउडमा संघर्ष गरिन। मानिसले नाम पनि राम्रोसंग याद गरेनन उनको । ‘रक्त चरित्र १’, ‘रक्त चरित्र २’,’आई एम जैसी’ जस्ता फिल्ममा मुख्य भुमिकामा अभिनय गरिसकेपछि सन् २०११ मा  ‘शोर इन दि सिटी’ फिल्म रिलिज भयो तर उनको पहिचान ‘नयाँ कलाकार’ भन्दा माथी उठ्न सकेन।



    सन् २०१२ मा आफ्नो ब्रिटिश ब्वायफ्रेड ‘बेबेडिक्ट टेलर’ संग उनले विवाह गरिन। विवाह पश्चात अब पुराना दिन रहेनन्। विवाह पछि उनको पुरै छवीमा नै परिवर्तन आयो।

    ६ वटा फरक फरक भाषामा ३० वटा भन्दा बढी फिल्म खेलेपछि सन् २०१५ मा रिलिज भएको ‘बदलापुर’ मा बल्ल उनलाई नायिकाको पहिचान मिल्न पुग्यो।

    मानिसले नाम त याद गरे तर अनुराग कश्यपको एक छोटो फिल्मको लागि खिचिएको नग्न भिडियो अचानक सार्वजनिक भयो अनि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। अनि चर्चामा आइन बदलापुरकी नायिका राधिका आप्टे।


    यस पश्चात राधिका आप्टेले बंगाली छोटो फिल्म ‘अहल्या’ मा दिएको बोल्ड सिन रातारात सामाजिक सञ्जालमा भाइलर बन्न पुग्यो। रिलिज हुने तयारीमै रहेको उनको अर्को फिल्म ‘माझी’ रिलिजपुर्व नै लिक भइदियो। यो फिल्ममा पनि उनले ‘हट’ सिन दिएको चर्चा मिडिया चल्ने गरेको छ।

    बलिउड इन्डस्ट्रि ठुलो छ, तर परिवारबाट कसैको सहयोग नभएको खण्डमा नायिकाहरु ‘बोल्ड सिन’ दिदै चर्चामा आउने बाटो रोज्न पुग्छन। व्यावसायिक फाइदाको लागि यसै त बलिउडमा अश्लीलता बढ्दै छ त्यहि माथी स्थापित हुनकै लागि यो बाटो रोज्ने नायिकाहरु झनै बढी छन्। यसो त बलिउडमा नातागोताकै आधरमा आएका नायक नायिका नभएका पनि हैनन तर नातावाद राम्रैसंग चल्ने बलिउडमा टिक्न कति गाह्रो छ भन्ने त राधिकाको कहानीले नै बताउँछ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र