• Breaking News

    8.24.2015

    जहाँ श्रीमान /श्रीमती बर्षमा ५ दिन एक आपसमा बोल्दैनन

    काठमाडौँ, ८ भदौ ।हामीले सन्सारमा भिन्न भिन्न किसिमका परम्पराहरुका बारेमा देखे सुनेका छौ । भारतको देवभूमि मानिने हिमाचल प्रदेशको कुल्लु जिल्लाको एउटा गाउमा पनि यस्तै अचम्मको परम्परा छ ।आधुनिक जमानामा पनि त्यस गाँउमा पुरानो परम्परा कायमै छ । मणिकर्ण घाटको पीणी भन्ने ठाउमा यस्तो अनौठो परम्परा छ जहा बर्षमा ५ दिन श्रीमान श्रीमती एक अर्काबाट अलग रहन्छन । उनिहरुको परम्परा अनुसार ति दिनहरुमा एक अर्कामा बोल्ने हाँस्ने आदि गर्नु हुदैन ।
    यति मात्र नभइ महिलाहरुले ५ दिन सम्म आफुले लगाएको कपडा सम्म फेर्दैनन । उनिहरु ५ दिनसम्म उनले बनेको कपडा लगाउने गर्दछन । हरेक साल १७ अगष्ट देखि २१ अगष्ट सम्म यो परम्परा मनाइदै आइएको छ । जहा बर्षमा ५ दिन मदिराजन्य वस्तु पनि सेवन समेत गरिदैन ।
    कहावत अनुसार पीणीमा धेरै समय अघि राक्षसको आतङ्क फैलिएको तर जव लाहुआ घोड देवता पीणी आइपुगे ति देवताहरुले राक्षसको नास गरेका थिए । त्यसैले यहाँका मानिसहरु घोड देवतालाइ मान्दै हरेक बर्ष भाद्रमा पूजा आजा गर्दै यो । साथै भदौ महिनालाइ उनिहरु कालो महिनाको रुपमा मान्ने गर्दछन ।
    पीणीमा भाद्रमै देवताहरुले पाइला टेक्ने वितीक्कै राक्षसहरुको नाश भएको भन्दै गाउलेहरुले सदियौ देखि शुरु गरेको परम्परा हालसम्म कायमै छ । जसलाइ गाउले हरु देव परम्परा भन्ने गर्दछन ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र