बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन ।
यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।
अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।
No comments:
Post a Comment