२३ वर्षीय प्रविनकुमार प्रधानलाई मुम्बई अपराध महाशाखाले पक्राउ गरेको हो । प्रधानले मागेको जति रकम बैंकमा डिपोजिट नगरे छोराछोरीलाई मार्ने सन्देश पठाएका थिए ।
माधुरीलाई ४ वटा सन्देश पठाएको समाचारहरुले बताएका छन् । तर म्यासेजबाट पठाएको हो वा ‘वाट्स एप’ बाट पठाएको भन्ने बारेका निश्चित हुन सकेका छैनन् ।
एउटा सन्देश ग्याङस्टार छोटा राजन समूहको सदस्य भएको भन्दै आरोपीले पठाएको पाइएको छ ।
आरोपी युवा मुम्बईको रेष्टुरेन्टमा काम गर्ने र छोटा राजनको सदस्य रहेको बताइएको छ ।
प्रहरीले यो घटनाको छानबिन गरिरहेको जानकारी दिएको छ ।
No comments:
Post a Comment