• Breaking News

    12.11.2014

    बलात्कारीलाई नपुंशक बनाउन अक्षयको माग

    एजेन्सी
    बलिउड स्टार अक्षय कुमारले बलात्कारीलाई नपुंसक बनाइदिनु पर्ने बताएका छन्।

    उनले भने, ′बलात्कारीले एक पटकका लागि अपराध गर्दैन। तिनले बारम्बार अपराध निम्त्याउँछन् त्यसैले बलात्कारीलाई सधैँका लागि नपुंसक बनाउने सजाय दिनुपर्छ।′

    नयाँ दिल्लीको एक महिला बलात्कृत भएको प्रसङ्गमा आक्रोसित अक्षयले यस्तो प्रतिक्रिया दिएका हुन्।

    ′हरेक पिताले आफ्नो छोरीको सुरक्षाबारे सरोकार राख्छन्′ छोरीका पिता समेत रहेका बलिउड स्टारले भने .

    उनले ′तर म यो कुरा आफ्नो देशको सरकारसँग पनि आश गर्छु। यदि निर्भयपूर्वक हामी आफ्नो घरबाट बाहिर पाइला राख्न सक्दैनौं भने किन कर तिर्ने ?′

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र