• Breaking News

    12.04.2014

    युट्युबको ‘भ्यु लिमिट‘ तोड्यो गङनम स्टाइलले, यू ट्युवले गन्न समेत सकेन

    एजेन्सी ।

    कोरियाली गायकले गाएको 'ग्याङनम स्टाइल' भन्ने गीत हाल सम्मकै सबै भन्दा बढी हेरिएको भिडियो मात्र होइन यू ट्यूवले गन्नै नसक्ने संख्यामा हेरिएको भिडियो बनेको छ ।

    साइको 'ग्याङनम स्टाइल' ले यू ट्युवको भ्यू लिमिट अर्थात गन्न सकिने सीमा नै नाघेको हो ।

    हाल सम्म २ अर्ब १४ करोडभन्दा बढी पटक हेरिसकिएको यो गीत अव गन्न नसिकने संख्यामा सूचीकृत भैसकेको छ ।

    यो भिडियो यू ट्यूवले गन्न सक्ने संख्या भन्दा बढीले हेरिसकेको यू ट्यूवले स्वीकार गरेको छ । शुरुमा यति धेरै संख्या भन्दा बढि गणना गर्ने कल्पना आफूहरुले गर्न नसकेको स्वीकार समेत यू ट्यूवले गरेको छ ।
    अहिले यो गीत कतिले हेरे भनेर हेर्न खोज्दा संख्या नै घुम्ने समस्या देखिन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र