• Breaking News

    12.06.2014

    पशुपति दर्शन गर्न सोनाक्षी सिन्हा नेपाल आउने

    २०७१ मंसिर २१ गते
    मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।
    सोनाक्षी अभिनित फिल्म ‘एक्सन ज्याक्सन’को विषेश प्रदर्शनपछि जुम टिभीको प्लानेट बलिउड कार्यक्रमसँग कुरा गर्दै उनकी आमा पुनमले सोनाक्षी नेपाल आउन लागेको जानकारी दिएकी हुन् ।
    धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।
    पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र