• Breaking News

    12.03.2014

    तीन कुख्यात पाकेटमार पक्राउ

    काठमाडौं, मंसिर १७ – विगत लामो समयदेखि काठमाण्डौ उपत्यका भित्रका सार्वजनिक यातायातका साधन तथा बसपार्क इलाकामा पाकेटमारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काभ्रेका ३० वर्षीय अनिल तामाङ्ग, काभ्रेकै २२ वर्षीय वीर बहादुर तामाङ्ग र ललितपुरका २४ वर्षीय राजु तामाङ्ग रहेका छन् ।
    तीन जनलाई मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भुवाट गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले लामो समयदेखि पटक पटक पाकेटमारी गरी हिडेको स्वीकार गरेका थिए ।
    तीन जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौमा पठाईएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र