• Breaking News

    12.02.2014

    नेपाली मुक्तकमलरीमाथि भारतमा सामूहिक बलात्कार

    बर्दिया । मेला भर्नका लागि भारत गएकी नेपाली मुक्तकमलरी युवतीमाथि भारतमा सामूहिक बलात्कार भएको छ ।
    बर्दिया ढोढरी–४ धनौराकी मुक्तकमलरी युवतीमाथि चार जनाको समूहमा रहेका भारतीयले बलात्कार गरेको खुलको हो । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
    बर्दियाको सीमावर्ती बहराईचको बिछियास्थित कटरिया बाबा नजिक १७ वर्षीय किशोरी सामूहिक बलात्कारको सिकार भएको कम्लरीका क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउण्डेशनले जनाएको छ ।
    उनीमाथि मंसिर १२ गते नै बलात्कार भएपनि भारतीय प्रहरीले मंगलबारमात्र जानकारी दिएको हो । बलात्कारपछि मार्ने प्रयास गर्दा स्थानीयले देखेपछि उनीहरु फरार भएको जनाइएको छ ।
    भारतीय प्रहरीले बलात्कारका चार अभियोगी मध्ये तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक श्याम देव चौधरी, किशुन चौधरी र राजन चौधरी रहेका छन् भने राजु चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र