एजेन्सी मुम्बई मंसिर २६
आफूलाई ‘कम्प्रोमाइज’का लागि दवाव दिएको भन्दै एक नायिकाले निर्देशकलाई थप्पड हानेकी छिन्।
एउटा सार्वजनिक कार्यक्रममै आफूलाई डान्सर तथा अभिनेत्री बताउने मनीषा कुमारीले निर्देशक सचिन्दर शर्मालाई थप्पडह हानेकी हुन्।
मुम्बइमा फिल्म ‘मुम्बइ कैन डान्स साला’को म्यूजिक लञ्च भइरहेको समारोहमा मञ्चमै आएर मनीषाले निर्देशकलाई थप्पड हानेकी हुन्।
मनीषा ‘आइटम’ गर्ल राखी सावन्तकी साथी पनि हुन्।
थप्पड हानेपछि राखीले नै निर्देशकविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्। एउटा म्यूजिक भिडियोमा रोलका लागि निर्देशक शर्माले आफूलाई ‘कम्प्रोमाइज’ गर्न दवाव दिएको मनीषाको आरोप छ।
No comments:
Post a Comment